PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संसदमा दाईजो चर्चा : 'दाईजोको प्रश्न सोध्दा टिभी कार्यक्रम किन बन्द?'



संसदमा दाईजो चर्चा : 'दाईजोको प्रश्न सोध्दा टिभी कार्यक्रम किन बन्द?'

काठमाडौं: संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा मन्त्रीहरुले सम्पत्ति विवरणमा देखाएको दाईजोको चर्चा भएको छ। साथै दाइजोसम्बन्धी प्रश्न गर्दा टिभीको कार्यक्रम नै बन्द गरेकोमा विरोध गरेका छन्।

आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कानुनले बर्जित गरेको दाइजो देखाउने मन्त्रीहरुको विरोध गरिन्। 'नीति निर्माण गर्ने व्यक्तिहरुले नै दाइजो देखाउने अनि पत्रकारले प्रश्न गर्दा कार्यक्रम नै बन्द गराउने?' देवकोटाले प्रश्न गरिन्।

देवकोटाले थपिन्, ‘संविधानको प्रस्तावना मै अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रताको कुरा गरिएको छ। तर आफू अनुकुल प्रश्न नसोधेको भन्दै कार्यक्रम बन्द गराउन मिल्दैन।’

यसैगरी राष्ट्रिय सभा सदस्य रमेशप्रसाद यादवले उखुको मूल्य घटाइएकोमा विरोध गरेका छन्।

५ सय ३१ तय भएको उखुको मूल्य ४ सय ६५ दिने निर्णय भएकोमा उनले विरोध जनाए। साथै चिनी मिलहरुले अहिलेसम्म बाँकी रकम नदिएकोमा रकम दिलाउन सरकारसँग आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell