PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पहिलो खेलमै डिफेण्डिङ च्याम्पियन जर्मनीलाई स्तब्ध पारेको मेक्सिकोको यस्तो छ सिक्रेट डाइट प्लान



पहिलोपोस्ट

पहिलो खेलमै डिफेण्डिङ च्याम्पियन जर्मनीलाई स्तब्ध पारेको मेक्सिकोको यस्तो छ सिक्रेट डाइट प्लान

विश्व कपमा सहभागी हरेक खेलाडीले प्रतियोगिताको समयमा आफ्नो आहार र पोषणका विषयमा राम्रो हेरविचार गर्ने गर्दछन्। मेक्सिकन टोलीले खेलाडीहरुको पोषणमा सावधान रहनका लागि धेरै हार्मोन भएको घरेलु मासु प्रयोग नगर्ने एक अतिरिक्त कार्य गरेको छ।

रसियामा आउँदा मेक्सिकन टोलीले दुई टन खाद्यान्नसँगै लिएर आएको थियो। तर कुनै पनि मासुका प्रकार मेक्सिकोबाट ल्याइएको छैन। मेक्सिकोले क्लेब्रोल्टोल भएको मासुको उत्पादन गर्ने गरेको इतिहास छ। क्लेब्रोल्टोललार्इ पशुहरुको माशंपेसी विकास गर्न प्रयोग गरिन्छ। तर त्यसलार्इ एथलेटिक्समा प्रदर्शन बढाउने पदार्थको रूपमा प्रयोग गर्न बन्देज लगाइएको छ।

विश्वकपको लागि यूरोपमा आइपुग्दा रातो मासु खेलाडीहरूको मेनुमा फेरी आएको छ। मेक्सिकन ब्याकरुममा फेरी न्युट्रिसनिस्ट बनेर आएकी बिट्रिज बोउलोसाका अनुसार "खेलाडीहरू क्वेसडिल्लस र तिनको ट्याकोसको माग गरिरहेका हुन्छन्, जसले मनोवैज्ञानिक रूपमा उनीहरूलाई आफ्नो घरको स्वाद दिने गर्दछ।" बोउलोसा मेक्सिकोले सन् २०११ मा भएको अन्डर १७ विश्वकप जित्दा र ओलम्पिक टोलीले २०१२ मा गोलेड मेडल जित्नमा सहयोग गर्ने टोलीमा पनि थिइन्।

"हामीले धेरै खाद्यान्न ल्याएका छौ र खेलाडीले चाहे अनुसार खाना बनाउन सक्षम सेफ पनि सँगै ल्याएका छौं। हामी विजयको स्वाद आउने कर्न टोर्टिलास् बनाइरहेका छौं।"

टोलीमा रहेका हरेक सदस्यहरुको फरक डाइट प्लान रहेको छ। बोउलोसाका अनुसार खेलाडीको खेल्ने स्थानमा मात्रै आधारित नभइ खेलाडीको शारीरिक अवस्था र उसले प्रशिक्षणमा प्रदर्शन गर्ने खेलको आधारमा पनि डाइट प्लान बनेका छन्। ९० मिनेटसम्मै खेल्ने खेलाडीका लागी मात्र नभइ बेन्चमा बस्ने खेलाडीसहित हरेकको आवश्यकताको सुनिश्चितता गर्ने प्रयत्न गरेको उनको भनाइ थियो।

डिफेन्डिङ च्यामपियन्स जर्मनीसँगको पहिलो खेलमा मेक्सिकोको सशक्त प्रदर्शनबाट उक्त प्लानले काम गरेको थियो। 

क्लेब्रोल्टोलको प्रयोग जब प्रदर्शन वृद्धिको लागि गरिन्छ पातलो मांसपेशिहरु बढ्ने गर्दछ र शरीरको बोसो कम हुने गर्दछ। धेरैजसो देशहरूमा यसलार्इ बन्देज लगाइए पनि कृषि क्षेत्रमा भेडा, कुखुरा र सुँगुरमा यसको प्रयोग गर्न सकिन्छ। वर्ल्ड एन्टि-डोपिंग एजेन्सीले विगतमा चीन र मेक्सिको दुवैलार्इ कृषि उपयोगको समस्याबारे विशेष चेतावनी जारी गरेको थियो।

विश्वकपमा सुरुआती गोलकिपर रहेका गुइलेर्मो ओचोआसहित मेक्सिको टोलीका पाँच खेलाडी २०११ मा क्लेब्रोल्टोलको प्रयोगबाट पोजिटिभ पाइएका थिए। मेक्सिकोको फुटबल निकायले भने प्रदूषित मासुको कारण पोजिटिभ परीक्षण देखिएको बताएको थियो। हालै मेक्सिकन बक्सर क्यानोएल एल्जेजमा पनि उस्तै पोजिटिभ तत्व पाइएको थियो जसबाट गेनडी गोलोभिनसँगको खेल रद्ध हुनु पुग्यो।

मेक्सिकोमा मासु बिना नै चलेको टोलीलार्इ विश्वकप अघिको मैत्रीपूर्ण खेलका लागी डेनमार्कमा आइपुग्दा रातो मासु खाने अनुमति दिइएको थियो। "खेलाडीहरू स्वभावमा कार्निभोरस (मासु खाने प्रजाति) हुन्छन् र उनीहरू खानामा फेरि रातो मासु पाउँदा खुसी छन्। पोषणका लागी पनि यो महत्त्वपूर्ण थियो" बोलोसोले भनिन्।

खेलाडीहरुको आहारका लागि एक अत्यावश्यक चिज मेक्सिकोबाट आएको छ, हट ससहरु। "हामीले स्वादिष्ट पिरो बदामको सस बनायौं जुन स्वादिष्ट छ, र हामीसँग धेरै मसालेदार र केही हल्का किसिमका पारम्परिक साल्साजहरू छन्", बोउलोसा भन्छिन् "हामीले गेडागुडी र मकै बाक्सभरी ल्याएका छौं। हामी सुपर लोडेड छौं।"

ब्याकरूमका कर्मचारीहरुले खेलाडीहरुको तयारीमा हेरचाह गर्दैगर्दा पनि खेलाडीहरूले सधैँ उनीहरुलार्इ सुन्छन् भन्ने छैन। मेक्सिकोबाट प्रस्थान गर्नु अघि टोलीका खेलाडी ज्याभियर हर्नानडेजको ३०औं जन्मदिनको पार्टीमा देखिएपछि त्यसलार्इ संचारमाध्यममा हेडलाइन बनाइएको थियो।

दि गार्डियन 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell