PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतबाट आउँदा सामान, फर्किँदा चरेस र अफिम! समातिए आलम

भारतबाट आउँदा सामान, फर्किँदा चरेस र अफिम! समातिए आलम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ठूलो परिमाणमा लागूऔषध  चरेस  र अफिमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले आइतवार बिहान भारतको मोतिहारी मोखिलिशपुर बस्ने २५ वर्षीय मेराज आलमलाई नियन्त्रणमा लिएको हो।

आलमले नेपालबाट लामो समयदेखि सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीसम्म लागू औषध पुर्‌याउने गरेको अनुसन्धानमा देखिएको छ।

आलमले भारतीय नम्बर प्लेट डब्लुबी २३ बी ५८८५ नम्बरको ट्रकमा व्यवस्थित रुपमा फल्स बटम बनाई भारत तस्करी गर्दै आएको प्रहरी दावी छ। प्रहरीले २ सय १३ किलो चरेश र २ किलो २५० ग्राम अफिम जफत गरेको छ ट्रकबाट। 

ट्रक जाँच गर्दा लागू औषध बरामद भएको व्यूरोका प्रमुख ठूले राईले बताए। ‘भारतबाट केही सामान हालेर नेपाल भित्रिने र जाँदा खाली गएको देखाउने। तर, भित्र लागू औषध राख्ने गरेको देखियो,' राईले भने।

प्रहरी नियन्त्रणमा रहेका ट्रक चालक आलमले नेपालको धादिङ र मकवानपुर पुगेर लागू औषध लोड गर्थे र फेरि काठमाडौं आइ भारत जाने गरेका थिए। कसैलाई शंका नहोस् भनेर उनले यस्तो तरिका अपनाएको डिआइजी ठूले राईले बताए। 
 
अलाम तस्करीको भरिया मात्र भएको प्रहरीको दावी छ। डिआइजी राईले भने, 'उनी भरियामात्र हुन्। यसअधि पनि उनले कारोबार गर्ने गरेको देखिएको छ।'

चरेसको बजार भारत र युरोप

चरेस नेपालमा उत्पादन हुने भए पनि यसको बजार भने भारत र युरोपका देशहरु रहेको प्रहरीको दावी छ। तस्करीले नेपाललाई ट्रान्जिट बनाएर कारोबार गर्ने गरेको डिआइजी राई बताउँछन्। प्रहरीले बरामद गरेको एक किलो चरेसको बजार मूल्य २० हजार रुपैयाँ देखि ३० हजारसम्म पर्छ। उनीहरुले राम्रो किसिमको चरेश युरोप र केही कमसल भारतमा बिक्री गर्ने गरेका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell