PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बजेटमाथि असहमति जनाउँदै सत्ता पक्षकै नेताले गरे मौनधारण



बजेटमाथि असहमति जनाउँदै सत्ता पक्षकै नेताले गरे मौनधारण

काठमाडौं: बजेटमाथि असहमति जनाउँदै सत्ता पक्षकै सांसद हृदयेत्र त्रिपाठीले संसदमै मौनधारण गरेका छन्।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका त्रिपाठीले सोमबार सदनमै मौनधारण गरेर असन्तुष्टी व्यक्त गरे।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा उखु किसानको समस्याबारे बोलेपछि त्रिपाठीले बजेटमाथिको छलफलमा आफु मौन बस्ने बताए।

एक मिनेटको समयमा उखु किसानको समस्यामाथि बोलेका त्रिपाठीले बाँकी समय मौन बसे।

आइतवारको संसद बैठकअघि सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यलयबाट त्रिपाठी आक्रमक मुद्रामा बाहिरिएका थिए।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका त्रिपाठी राजपामा उचित पद नपाएपछि एमालेमा प्रवेश गरेका थिए। उनले गतको चुनावमा एमालेको सुर्य चिन्ह लिएर चुनावमा उठेका थिए।

पछिल्लो समय त्रिपाठी नेकपाबाट असन्तुष्ट रहँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell