PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बजेटमाथि छलफल जारी, भौतिक योजना मन्त्रालयको शीर्षकमाथि भोलि



बजेटमाथि छलफल जारी, भौतिक योजना मन्त्रालयको शीर्षकमाथि भोलि

काठमाडौं:  संघीय संसदमा विनियोजित बजेटमाथिको छलफल आइतवार पनि जारी रह्यो। 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमाथि आइतबार सांसदहरुले धारणा राखे। उक्त मन्त्रालयहरुमाथिको खर्च कटौती प्रस्ताव पनि प्रस्तुत भएको छ।

तर संसदहरुको बोल्ने क्रम जारी रहेकोले उक्त मन्त्रालयहरुमाथि सोमवार पनि छलफल हुने भएको छ।

यसैगरी आइतवार नै छलफल हुने भनिएको भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको किताब समयमै छपाई नहुँदा उक्त मन्त्रालयको शीर्षकमाथि छलफल शुरु हुन सकेन। भौतिक योजना मन्त्रालयमाथिको छलफल पनि सोमवारबाट हुने सभामुख कृष्णबहादुर महराले बताए।

संसद सचिवालयका अनुसार सोमवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि छलफल हुन सक्नेछ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell