PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फस्टलुकमा हेर्नुस् 'नाईं नभन्नू ल ५'



पहिलोपोस्ट

 फस्टलुकमा हेर्नुस् 'नाईं नभन्नू ल ५'

काठमाडौं :  नेपाली फिल्मको सिरिज 'नाईं नभन्नू ल ५'को फस्टलुक सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का, डेब्यु अभिनेता अभिषेक नेपाल, बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन्।  

यस फेमली ड्रामालाई विकास आचार्यले निर्देशन गरेका हुन्। भदौ ८ लाई प्रदर्शन टार्गेट गरेको फिल्ममा  दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ  लगायतको मुख्य अभिनय रहेको छ।

फिल्ममा निर्देशक विकास आचार्य र सामीप्यराज तिमल्सेनाको कथा र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ। फिल्ममा बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell