PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एसईईमा कृतिका नेपाल टप भएको एभरेस्ट स्कुलको दाबी



एसईईमा कृतिका नेपाल टप भएको एभरेस्ट स्कुलको दाबी

विराटनगर: विराटनगरको एभरेस्ट स्कुलले आफ्नो विद्यालयकी छात्रा कृतिका थापाले २०७४ को एसईई परीक्षामा नेपाल टप भएको दाबी गरेको छ।
कृतिकाले जिपिए ४ ल्याएर नेपाल टप गरेको स्कुलका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिएका हुन्।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ एसइईको परीक्षाफल प्रकाशित गरेको थियो।

‘हाम्री विद्यार्थी कृतिकाले जिपिए ४ हासिल गरेकी छन्, जिपिए ४ को दाबी अरू कसैले गरेका छैनन्’, प्रिन्सिपल पुरीले भने, ‘आइतवार हामीले उनलाई विद्यालयमा समारोहकै आयोजना गरेर सम्मान गरेका छौँ।’

पुरीले विद्यालयका सबै विद्यार्थी उत्कृष्ट जिपिएसहित उत्तीर्ण भएको भन्दै खुसी व्यक्त गरे।

एभरेस्टबाट १ सय ४७ विद्यार्थीले एसईई दिएका थिए।  जसमध्ये ९० जनाले ३ दशमलव ६१ जिपिएभन्दा बढी र ५६ जनाले ३ दशमलव २५ देखि ३ दशमलव ६ जिपिए प्राप्त गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell