PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पोखरामा तीन सवारी एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु



नरहरि पौड्याल

पोखरामा तीन सवारी एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

पोखराः पोखराको मालेपाटनमा बुधबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ साढे ७ बजेको समयमा ३ वटा सवारीसाधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

ग १ ख २८९६ नम्बरको पानी ट्याङकर, ध १ प ५०२१ नम्बरको मोटरसाइकल र ग ४ प ८७३८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ध १ प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा –१ का २४ वर्षीय धन बहादुर छन्त्याल र सोही मोटरसाइकलमा रहेका म्याग्दी दाना–७ की २५ वर्षीया बृन्दा थापाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका धन बहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो। बृन्दाको भने अस्पताल लैजाने क्रममा बुधबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा परेका तीनवटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell