PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कर बढाउनमा सरकारले 'वर्ल्डकप' जितेको छैन : अर्थमन्त्री खतिवडा



कर बढाउनमा सरकारले 'वर्ल्डकप' जितेको छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कर बढाउनमा वल्र्डकप जितेको आरोप आधारहीन रहेको बताएका छन्।

मन्त्रालयगत विनियोजित बजेटको शीर्षकमा उठेका प्रश्नको जावाव दिदै अर्थमन्त्री खतिवडाले केही सामान्य विषयमा मात्र कर बढेकोले मूल्य बृद्धि हुने सम्भावना नरहेको दाबी गरे।

अर्थमन्त्री खतिवडासँग सांसदहरुले सरकारले कर बढाउनमा वर्ल्डकप जितेको आरोप लगाएका थिए। उत्तरमा खतिवडाले भने, ‘सरकारले कर बढाउनमा वर्ल्डकप जितेको छैन।’

प्रतिनिधि सभाको बैठकमा मन्त्री खतिवडाले भने, ‘हामीले व्यक्तिगत आय करका दरहरु अधिकतम दर ३५ प्रतिशत थियो यस अगाडि आगामी वर्षको अर्थ विधेयकमा हामीले ३६ प्रतिशत बनाएका छौं त्यो एक प्रतिशतले बढेको छ। तर सबभन्दा कम कर तिर्नु पर्ने मान्छे १५ प्रतिशत कर तिर्ने मान्छेको घटाएर १० प्रतिशतमा पनि झारेका छौं।’

‘केही विलासीताको वस्तुको कर बढाएका छौं। आयात बढ्यो भन्ने अस्वभाविक चिन्ताहरु पनि व्यक्त गर्नु हुन्छ। र, यस्ता हानिकारक बस्तुहरु भन्सार बढाउनु पर्यो अन्तशुल्क बढाउनु पर्यो पनि भन्नु हुन्छ।’ खतिवडाले भने, ‘त्यसै आधारबाट हामीले यो कुराहरु गरिरहँदा सरकारलाई कर बढाएको आरोप लागी रहँदा त्यो त्यती राम्रो हुन्छ जस्तो मलाई लाग्दैन।  र, सबै भन्दा बढी मूल्यमा चाप पार्ने भनेको मूल्य अभिबृद्धि कर हो। मूल्य अभिबृद्धि करलाई हामीले चलाएका छैनौं। र त्यसको कारणले मूल्यमा कुनै प्रतिकुल असर पर्दैन।’

अर्थमन्त्री खतिवडाले कम उपयोग गरेर हुन सक्ने बस्तुको करको दायरा बढाएको बताउँदै दुरुसञ्चार सेवा प्रदान गर्ने संस्थाको इन्टर सेवा प्रदायकलाई करको दायरामा ल्याइको जानकारी दिए। 

सीमित पैसाले धेरै ठूलो पुल बनाउन नसकिने बताउँदै अर्थमन्त्रीले निर्माणधीन पुल सरकारले बनाइ छाड्ने दाबी गरे। 

राजश्व संकलन गर्ने कर्मचारीहरुको भत्ता बारे उठेको प्रश्नमा अर्थमन्त्रीले भने,‘हामीले प्रोत्साहन भत्ता बन्द गरेका छौं। आजको मितिमा थप भत्ताको व्यवस्था राजश्व प्रसशानका कर्मचारीलाई छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell