PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


रौतहटमा प्रहरीको गोलीले एक जना घाइते, घाइतेसँग एसएमजी भेटियो


रौतहटमा प्रहरीको गोलीले एक जना घाइते, घाइतेसँग एसएमजी भेटियो

काठमाडौँ : भारतीय सीमा नजिकै रहेको रौतहटको राजदेवी नगरपालिकामा बिहीबार प्रहरी र एक समूहबीच गोली हानाहान हुँदा एक जना गम्भीर घाइते भएका छन्। घाइतेको साथबाट प्रहरीले सर्ट मेसिन गन (एसएमजी) फेला पारेको प्रहरीले बताएको छ।

नगरपालिकाको वडा नम्बर ४ मा बागमती बाँधको किनारमा मोटरसाइकलमा आएको समूह र रौतहटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीबीच गोली हानाहान भएको हो।
 
अवैध हतियार लिएर एक समूह आउनसक्ने सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो। मोटरसाइकललाई रोक्न खोज्ने क्रममा गोली चलेपछि प्रहरीको तर्फबाट जवाफी फायर भएको प्रहरीको दावी छ।
 
तीन जनामध्ये एक जना ढाड र खुट्टामा गोली लागेर घटनास्थलमा फेला परे पनि अन्य दुई जना भने मोटरसाइकलमा भागेका छन्। एसएसपी तारिणीप्रसाद लम्सालले घटनास्थलमा एसएमजी फेला परेको र एक जना घाइते भएको पुष्टि गरे। उनका अनुसार बारा, पर्सा र रौतहटमा अवैध हतियार नियन्त्रणमा लागि विशेष टोली परिचालन गरिएको छ। रौतहटमा खटिएको सोही टोलीसँग अवैध हतियार लिएर हिँडेको समूहको जम्काभेटहुँदा गोली चलेको उनले बताए। 



रौतहटमा प्रहरीको गोलीले एक जना घाइते, घाइतेसँग एसएमजी भेटियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट