PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकपलाई लक्षित गर्दै डिआरएनको कर्भ्ड टिभी



पहिलोपोस्ट

विश्वकपलाई लक्षित गर्दै डिआरएनको कर्भ्ड टिभी

काठमाडौं : नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन स्मार्ट कर्भ्ड टिभी बिक्री सुरु गरेको छ।

१९ वर्षदेखि इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै स्मार्ट कर्भ्ड टिभी ल्याएको हो। कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको बताउँदै कर्भ्ड टिभी किन्ने उपभोक्तालार्इ विशेष उपहार समेत दिने बताए। उनले विश्व बजारमा आएको पछिल्लो प्रविधिलार्इ प्रयोग गर्दै कर्भ्ड टिभी उत्पादन गरेको बताए।

‘कर्भ्ड टिभी विश्वकपलार्इ लक्षित गरेर ल्याएका हौं। यो टिभी अरु एलइडी टिभी भन्दा फरक हुन्छ,’ उनले भने, 'यो शुन्यदेखि १८० डिग्रीमा हेर्न मिल्छ। ४० देखि १४० डिग्रीमा हेर्दा क्लियर भिजन देखिन्छ। टिभीबाट जाने ‘रे’ हरु फरक/फरक दिशामा जाने भएकाले आँखालार्इ रिल्याक्सेशन हुन्छ।‘ श्रेष्ठले कर्भ्ड टिभीको पिक्चर क्वालिटी समेत राम्रो हुने र टिभी हेर्दा छुट्टै आनन्द आउने दाबी गरे।

उनले कर्भ्ड टिभीप्रति उपभोक्ताको चासो बढिरहेको पाएको बताउँदै विश्वकपका समयमा कर्भ्ड टिभी किन्ने बढिरहेको बताए।‘विश्वकपमा टिभी किन्नेहरु बढेका छन्।त्यसमा पनि आँखालार्इ समेत सहज हुने भएकाले कर्भ्ड टिभी किन्नेको संख्या बढी छ’श्रेष्ठले भने।

कम्पनीले ३२ इन्चदेखि ५५ इन्चसम्मको कर्भ्ड टिभी ल्याएको उनले जानकारी।विश्वकपलार्इ लक्षित गरेर कम्पनीले

५५ इन्चको कर्भ टिभी किन्नेलार्इ २.१ स्पिकर,४३ इन्चको कर्भ टिभी किन्नेलार्इ टेलिफोन,३९ इन्चको कर्भ टिभी किन्नेलार्इ मिनी टेलिफोन सेट, ३२ इन्च कर्भ्ड टिभी किन्नेलार्इ १० पिस सिएफएल लाइट, ३२ इन्च नर्मल टिभी किन्नेलार्इ १० पिस एलर्इडी वल्व दिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell