PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ग्रान्डी अस्पतालको छतमा डाक्टर लिन आएको हेलिकप्टर दुर्घटना



ग्रान्डी अस्पतालको छतमा डाक्टर लिन आएको हेलिकप्टर दुर्घटना

काठमाडौँ : धापासीको ग्रान्डी अस्पतालको छतमा शनिबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ। 

सिम्रिक एयरआइन्सको हेलिकप्टर दुर्घटना भएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थापाले बताए। चितवनबाट डाक्टर लिन आएको हेलिकप्टर दुर्घटना भएको हो।

प्रत्यक्षदर्शीका अनुसार दुई पटक अनौठो तरिकाले घुमेर छतमा ल्यान्ड गर्न खोज्दा हेलिकप्टर पल्टिएर दुर्घटना भएको हो। हेलिकप्टरका चालक सामान्य घाइते भएका छन्। थप कुनै क्षति नभएकोले ठूलो दुर्घटना टरेको छ।  

९एन-एएलआर कलसाइन रहेको हेलिकप्टर हेलिप्याड भन्दा १० फिट तल खसेको थियो। 






दुर्घटना भएको हेलिकप्टरको फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell