PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चितवनमा बिहानै बस पल्टियो, १५ घाइते



चितवनमा बिहानै बस पल्टियो, १५ घाइते

चितवन: पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो। 

दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ। जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell