PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सन्दीपको टिम मोन्ट्रेल टाइगर्सको लगातार दोस्रो हार, सन्दीपको बिर्सनलायक प्रदर्शन



पहिलोपोस्ट

सन्दीपको टिम मोन्ट्रेल टाइगर्सको लगातार दोस्रो हार, सन्दीपको बिर्सनलायक प्रदर्शन

काठमाडौं : नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित मोन्ट्रेल टाइगर्सले ग्लोबल टी-२० क्यानडा क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ।

पहिलो खेल खेल्न नपाएका सन्दीप गएराती भएको खेलमा भने सुनिल नारिन रहेको टिमबाट खेलेका थिए। तर उनको टिम क्रिकेट वेष्टइन्डिजको बी टिमसँग २ विकेटले पराजित भयो।

ब्याटिङमा नटआउट १ रन बनाएका सन्दीप बलिङमा भने महँगो बने। उनले ४ ओभर बलिङ गर्दा ५७ रन खर्चेर १ विकेट मात्र लिए।

आफ्नो पहिलो ओभरमा २१ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा पुनरागमन गर्दै १० रन मात्र दिए। तर तेस्रो ओभरमा भने उनले ३ चौका र २ छक्कासहित २५ रन खर्चिए। ३ ओभरमै ५६ रन दिइसकेका सन्दीपले १९औँ ओभरब बलिङ गर्दा भने १ रन मात्र दिएर विकेट लिन सफल भए।

खेलमा टस जितेर पहिले ब्या६ङ गरेको मोन्ट्रेले २० ओभरमा ९ विकेट गुमाए १८४ रन बनाएको थियो। उसका लागि सिकन्दर राजाले सर्वाधिक ४८ तथा सुनिल नारिनले २८ रन बनाए। बलिङमा वेष्ट इन्डिज बी का ओबेड म्याकोए र जेरेमिह लुइसले ३-३ तथा खरी पिएरेले २ विकेट लिए।

१८५ रनको लक्ष्य वेष्ट इन्डिजले बीले १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि निकोलस पुरनले ५८ तथा ब्रान्डन किङले ५६ रन योगदान गरे। बलिङमा मोन्ट्रेलका पिटर सिडल र लासिथ मालिंगाले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell