PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५

एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान


पहिलोपोस्ट

एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान

पोखरा : इण्डोनेशियाको जार्कातामा हुने १८औँ एशियाली खेलमा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरको छ।

उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो। कम्पनीका प्रतिनिधी साग स्वर्णधारी रबी महर्जन र कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमकाबीच खेल पोशाक लगाएत अन्य आवश्यक सामाग्री वितरण गरेका थिए।

अध्यक्ष गुरुङले एशियाडमा पदको सम्भावना रहेको कराते खेलका लागि निजी संस्थाले सहयोग गर्नु सर्‍हानिय रहेको बताए।

पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडीले सुविधा भन्दा पनि आत्मविश्वास र लगनशिलताका साथ खेल्नुपर्ने औँल्याए। उनले भने “अहिले पनि एशियाडमा पदक ल्याउन तिन महिनाको तयारी गर्दै छौं यो समय अवधी भनेको ‘डु अर डाई’ कै स्थिती हो, यतिबेला आत्मविश्वासका साथ मैदानमा उत्रिने नै हो।”

करातेका मुख्य प्रशिक्षक सोभितराज पर्साइले एशियाडमा जाने कराते टोलीलाई वातावरिणय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरे।

सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधी रबी महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधा सहित खेल्ने अवसर समेत प्रदान गर्ने जानकारी दिए। रबी महर्जन ८औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन्।

एशियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट  पोखरामा प्रशिक्षणमा व्यस्त छन्। एशियाडमा जाने खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन्। उनीहरुलाई हिरासिंह डंगोल र दिपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।

 



एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट