PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलोमा पहिरो, एकतर्फीमात्र सवारी सञ्चालन



पहिलोपोस्ट

नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलोमा पहिरो, एकतर्फीमात्र सवारी सञ्चालन
फाइल फोटो

चितवनः नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन्। पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिङ सडक आयोजनाले जनाएको छ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो। सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell