PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पृथ्वी राजमार्गमा पहिरो खस्दा जिपमा सामान्य क्षति, सडक अवरुद्ध



पृथ्वी राजमार्गमा पहिरो खस्दा जिपमा सामान्य क्षति, सडक अवरुद्ध

काठमाडौं: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाँउपालीका १० स्थित त्रित्राङमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ।

भिरबाट खसेको पहिरोको कारण लु १ च २३४३ नम्बरको जिपमा सामान्य क्षति समेत पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बरबहादुर विकले बताए। उनले भने,'पहिरोले जिपको केही भाग पुरेको थियो। अहिले पहिरो पन्छाएर जिप निकालेका छौं। कुनै मानवीय क्षति भएको छैन।'

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

गए रातिदेखि परेको वर्षाको कारण देशका विभिन्न स्थानमा जलमग्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell