PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

काठमाडौँमा खोलाले बगाउँदा २५ वर्षीय युवकको मृत्यु



काठमाडौँमा खोलाले बगाउँदा २५ वर्षीय युवकको मृत्यु

काठमाडौं: धर्मस्थलीस्थित महादेव खोलाको बाढीमा परी काठमाडौंमा एक जनाको मृत्यु भएको छ।
 
गएराति देखि परेको वर्षाको कारण महादेव खोलामा आएको बाढीले बगाउँदा तारकेश्वर नगरपालिका बस्ने २५ वर्षीय प्रकाश पुकोर्टीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए।

सोमवार दिउँसो करिब साढे ३ बजे खोला तर्ने क्रममा पुर्कोटीलाई बगाएको थियो। प्रहरीले उद्दार गरी उनलाई शिक्षण अस्पताल पुर्‍याएको थियो। उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell