PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पर्साको फन्ठी खोलाले दुई विद्यार्थीलाई बगायो



पर्साको फन्ठी खोलाले दुई विद्यार्थीलाई बगायो

वीरगंज: पर्सागढी-४ स्थित फन्ठी खोलामा आएको बाढीले दुई विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। 

मृत्यु हुनेमा वडा नं ८ रमौलीका जादोलाल रामकी छोरी प्रतिमा राम रहेकी छन् भने वेपत्ता हुनेमा कलैया उप - महानगरपालिका, दोहरी घर भई रमौली मामा घर बस्दै आएका बुधन मण्डलका छोरा सुरेन्द्र मण्डल रहेका छन्। 

दुबै जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बार्वा छोटैलीको कक्षा ९ मा पढ्छन्। अविरल बर्षाका कारण विद्यालयमा भइरहेको त्रैमासिक परीक्षा रद्द गरिएको थियो, त्यसपछि उनीहरु घर फर्किने क्रममा हरपुर नजिक फन्ठी खोलाको चपेटामा परेको पर्साका डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

प्रतिमाको शव पोस्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज ल्याइएको र वेपत्ता सुरेन्द्रको गाउलेसँग मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell