PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सन्दीपको उत्कृष्ट प्रदर्शन (४-१-१९-१) छायाँमा, मोन्ट्रेल टाइगर्सको तेस्रो हार



पहिलोपोस्ट

सन्दीपको उत्कृष्ट प्रदर्शन (४-१-१९-१) छायाँमा, मोन्ट्रेल टाइगर्सको तेस्रो हार

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा मोन्ट्रेल टाइगर्स पराजित भएको छ। ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत गएराति भएको तेस्रो खेलमा मोन्ट्रेल टाइगर्स भ्यानकुभर नाइट्ससँग १८ रनले पराजित भएको हो।

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर १ विकेट लिए पनि टिमले राम्रो ब्याटिङ गर्न नसक्दा छायाँमा पर्‍यो। सन्दीपले पहिलो ओभरमै मेडन राख्दै १ विकेट लिएका थिए। उनले ब्याटिङमा पनि एक छक्कासहित नटआउट ७ रन बनाए।

टस जितेर मोन्ट्रेलले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भ्यानकुभरले २० ओभरमा १६६ रन बनाको थियो। उसका लागि भान डेर डुसानले नटआउट रहदै ८३ रन बनाए।

बलिङमा मोन्ट्रेलका लासिथ मालिंगाले ३, पिटर सिडलले २ तथा सन्दीपले १ विकेट लिए।

१६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रेल १९.४ ओभरमा १४८ रनमा अलआउट भयो। उसका लागि जर्ज वर्करले ४३ तथा मोएसिस अनरिकेले ४० रन बनाए। बलिङमा भ्यानकुभरका टिम साउदी र साद विन जफरले ३-३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell