PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको प्रयोग गरी जेलबाट फरार



पहिलोपोस्ट

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको प्रयोग गरी जेलबाट फरार
फेडलाई जेलबाट भगाउन प्रयोग भएको हेलिकोप्टर। यो हेलिकोप्टर पेरिस बाहिर जंगलमा फेला परेको छ। photo: AFP

पेरिस : जेल सजाय भोगिरहेका फ्रान्सका एक कुख्यात ग्याङस्टार हेलिकोप्टर प्रयोग गरी जेलबाट फरार भएका छन्। 

फ्रान्सको रिआउ सहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फेडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

सन् २०१० मा फ्रान्समा भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै पुनरावेदन अदालतले उनलाई २५ वर्षको जेल सजाय सुनाएको थियो। आठवर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो।
 
उनीसँगै उनका तीनजना सहयोगी समेत जेलबाट भागेका छन्। 

सुरक्षाकर्मीले उक्त हेलीकोप्टरलाई रिआउ सहरको उत्तरपूर्वी क्षेत्रमा भेटाएका छन्। प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ । 

फेडले जेलबाट भागेको यो दोस्रो घटना हो। उनले सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए। उनले सन् २०११को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए। पाँच वर्ष अगाडि भएको घटनामा जेलको ढोकालाई टिसु प्याकमा लुकाइएको विष्पोटक पदार्थले भत्काएर उनी फरार भएका थिए।

पिस्तोलधारी कुख्यात डाँका फेडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाएपनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ।  
हतियारधारी समूहले पाइलटलाई नियन्त्रणमा लिई जेलमाथि उडाउन लगाएका थिए। सन् १९९० देखि आपराधिक गतिविधि सुरु गरेका उनले बैंकमा डकैत गर्दै आएका थिए। सन् १९९८ मा उनी पक्राउ परेका थिए। 

फेड १० वर्ष जेल बिताउँदै २००९ मा रिहा भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell