PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर-दक्षिण खेल कुटनीति : मैत्रीपूर्ण बास्केटबल लागि १०० जनाको नेतृत्व गर्दै प्योङयाङ पुगे दक्षिणका एकीकरण मन्त्री



पहिलोपोस्ट

उत्तर-दक्षिण खेल कुटनीति : मैत्रीपूर्ण बास्केटबल लागि १०० जनाको नेतृत्व गर्दै प्योङयाङ पुगे दक्षिणका एकीकरण मन्त्री

सोल : एक उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाको बास्केटबल खेलाडीहरुको एक समूह मंगलबार उत्तर कोरिया गएको छ। 
दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुसहित सरकारी अधिकारी मंगलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको समाचार एजेन्सी योनापले जनाएको छ। 

उनीहरु अन्तर कोरियाली मैत्री बास्केटबल खेलमा सहभागी हुनेछन्। एक सय जना प्रतिनिधि मण्डलसहितको टोलीलाई दक्षिण कोरियाली वायुसेनाको विमानले प्योङयाङ पुर्यााएको हो। 

दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताइएको छ। 

बास्केटबल उत्तर कोरियाली नेता किम जोङ उनको सबैभन्दा प्रिय खेल हो। उनी अमेरिकी पूर्व बास्केटबल खेलाडी डेनिस रोडमेनका फ्यान हुन्। 
अहिले आएर उनको लोकप्रिय खेलका खेलाडीहरुले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा यहाँका ५० जना बास्केटबल खेलाडीसहितको दक्षिण कोरियाली प्रतिनिधि मण्डलको टोली प्योङयाङ पुगेको हो। 

उनीहरुलाई प्योङयाङमा त्यहाँका खेलकुद सहायक मन्त्री ओन कील युले स्वागत गरेका थिए। 

उनले खेलकुदले दुई देशबीच मेलमिलाप, शान्ति र समृद्धिका लागि नयाँ बाटो खोलेको भन्दै खुशी व्यक्त गरे। 

दुवै कोरियाली खेलाडीहरु मिलेर बन्ने टिमले बुधबार र बिहीवार चार खेल खेल्नेछन्। 

दुई कोरियाबीच हुन लागेको यो चौँथो मैत्रीपूर्ण बास्केटबल खेल हो। यसअघि सन् २००३ को अक्टोबरमा मैत्रिपूर्ण बास्केटबल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell