PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोविन्द केसीको माग पूरा नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी 



गोविन्द केसीको माग पूरा नगरे कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी 

काठमाडौं: नेपाल चिकित्सक संघले अनशनरत चिकित्सक गोविन्द केसीको माग पूरा नगरे कठोर कदम चाल्ने चेतावनी दिएको छ। चिकित्सक केसीको जीवन रक्षाको लागि नेपाल चिकित्सक संघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन् आफ्ना सदस्यहरुलाई निर्देशन समेत दिएको छ।
 
‘यसबाट सिर्जित हुन सक्ने गम्भीर परिणामको जिम्मेवार नेपाल सरकार नै हुनेछ,’ चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै नेपाल चिकित्सक संघका सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत यसै विज्ञप्ती मार्फत अपिल गरिन्छ।’

संघले कर्णाली शाखाद्वारा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ जारी विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेरसमेत गरेको छ। 
संघका वरिष्ठ आजीवन सदस्यसमेत रहेको चिकित्सक केसी प्रति बर्तिएको अमानवीय व्यवहार र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबड हलमा कैदी सरह राखिएको भन्दै आपत्ति जनाएको छ।
 
चिकित्सकहरुबाट अस्पतालमा लागि उपचार गराउन गरिएको आग्रह र सुझाबलाई समेत बेवास्ता गरिएको संघले विज्ञप्ति मार्फत जनाएको छ। उनको  जीवन रक्षाका लागि उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघले माग गरेको छ। 

चिकित्सक केसी पाँच दिन देखि जुम्लाको खेलकुद विकास समितिको कर्भडहलमा अनशन बसिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell