PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डा केसीको अनशनको पाचौं दिन :  हिरासत, कभर्डहल हुँदै अस्पतालमा सारियो



डा केसीको अनशनको पाचौं दिन :  हिरासत, कभर्डहल हुँदै अस्पतालमा सारियो

अनसनको पाचौं दिन डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ।  डा केसीको स्वास्थ्य अवस्था खतरामा रहेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आज उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको हो। डा केसीलाई चार दिनदेखि प्रहरीको नियन्त्रणमा कभर्ड हलमा राखिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा शनिबार उनलाई पक्राउ गरिएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। 

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउनका लागि गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु हिजोदेखि आन्दोलनमा उत्रिएका थिए। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए।

त्यसैगरि डा केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि प्रतिष्ठानबाट अनसनस्थलमा खटिएका मेडिकल टिमले समेत हात झिकेका थिए। सोही कारण आज स्थानीय प्रशासनले डा केसीलाई अनसनका लागि कर्णाली स्वास्थ्य विज्ञानमा सारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell