PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मासिक ३२ हजार किस्तामा ४ आनाको प्लट



अमर बडुवाल

मासिक ३२ हजार किस्तामा ४ आनाको प्लट

काठमाडौं : घरजग्गा कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा जग्गा बिक्रीको स्किम सुरु भएको छ। ललितपुर चापागाउँमा रहेको जनश्री डेभलपर्सले मासिक ३२ हजार रुपैयाँ किस्तामा चार आना जग्गा बिक्री गर्ने स्किम ल्याएको हो।

एकमुष्ठ जग्गा किन्नेलाई प्रतिआना सात लाख २५ हजार रुपैयाँ तोकेर बिक्री थालेको कम्पनीले १० वर्षे किस्तामा पनि उपलब्ध गराउन थालेको हो। एकमुष्ठ पैसा तिरेर पास गर्दा चार आना जग्गाको २९ लाख रुपैयाँ तोकिएको छ। तर, १० वर्ष सम्म पैसा तिर्न मिल्ने जग्गा किस्तामा किन्दा भने १३ प्रतिशत ब्याज लाग्ने कम्पनीका प्रतिनिधि भैरव थापाले बताए।

चार आना जग्गा आफ्नो नाममा पास गर्दा १२ लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्छ। १२ लाख रुपैयाँ तिरेपछि १० वर्षसम्म मासिक ३२ हजार रुपैयाँका दरले तिर्दै जानुपर्छ।

प्लानिङ गरिएका घडेरीमा तत्कालै घर बनाउन सकिने उनले बताए। २० फिटको बाटो राखेर विकास गरिएका घडेरी नजिक पानी, बिजुली, यातायात, अस्पताल लगायतका सुविधाहरु थपिँदै छ। चापागाउँस्थित बज्रबाराही मन्दिर नजिकै घडेरीहरु विकास गरिएको हो। सुन्धाराबाट १५ किलोमिटर दुरीमा जग्गामा पुग्न सकिन्छ।

एक हजार चार सय रोपनी क्षेत्रफलमा प्लानिङ गरिएका घडेरीहरु चार लाख रुपैयाँ तिरेर बुकिङ गर्न सकिन्छ। ४, ५ र ६ आनामा विकास गरिएका घडेरी बुकिङ गर्दा चार आनाको चार लाख रुपैयाँ, पाँच आनाको पाँच लाख रुपैयाँ र छ आनाको छ लाख रुपैयाँ तिर्नुपर्छ।

जग्गा पास गर्दा भने चार आनाको लागि आठ लाख रुपैयाँ, पाँच आनाको लागि १० लाख र ६ आनाको लागि १२ लाख रुपैयाँ थप तिर्नुपर्छ। चार आना घडेरी तपाईँको नाममा पास गर्न १२ लाख रुपैयाँ चाहिन्छ। पाँच आना पास गर्न १५ लाख रुपैयाँ र ६ आना घडेरी पास गर्न १८ लाख रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ।

मासिक किस्तामा चार आनाको ३२ हजार, पाँच आनाको ४१ हजार र छ आनाको ४९ हजार रुपैयाँ तिर्नुपर्छ। सबै घडेरीको किस्ता तिर्ने अवधि १० वर्षको हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell