PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

गोविन्द केसीको सन्दर्भमा दर्ता गरेको प्रस्ताव कार्यसुचीमा नपरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध


गोविन्द केसीको सन्दर्भमा दर्ता गरेको प्रस्ताव कार्यसुचीमा नपरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजको प्रतिनिधि सभाको कार्यसुचीमा नपर्दा संसद अवरुद्ध भएको छ।

प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम कांग्रेसले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएको छ। प्रस्ताव कार्यसुचीमा नपर्दा कांग्रेसले संसद अवरुद्ध गरेको छ।

उक्त नियमको उपनियम ३ अनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धित मन्त्रीलाई जवाफ दिन पठाइएको सभामुख कृष्णबहादुर महराले बताएका छन्।

बैठक शुरु हुनसाथ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने,‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं। तर कार्यसुचीमा आएन। जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्य सुचीमा नआएसम्म प्रतिनिधि सभा अगाडि बढ्न दिन्नौं।’

तर सभामुखले भने,‘हामी कहाँ दर्ता भएको छ। सुचना आएको छ। नियम ७१ को उपनियम ३, अनुसार सम्बन्धित मन्त्रीसँग छलफलका लागि बोलाउन लगाएको छु। सरकारको जवाफ पर्खिन जरुरी छ।’

कांग्रेसले संसद अवरुद्ध गरेपछि आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।



गोविन्द केसीको सन्दर्भमा दर्ता गरेको प्रस्ताव कार्यसुचीमा नपरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट