PahiloPost

Jul 21, 2018 | ५ साउन २०७५

ब्राजिलियन गोलकिपर एलिसन बेकरका परिवार नै गोलकिपर


पहिलोपोस्ट /पहिलोपोस्ट

ब्राजिलियन गोलकिपर एलिसन बेकरका परिवार नै गोलकिपर

विश्वकप २०१८ अन्तर्गत आजबाट क्वाटरफाइनल खेल सुरु हुँदैछ। दोस्रो क्वाटरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग राती ११:४५ बजे प्रतिस्पर्धा गर्दैछ।

ब्राजिलले अहिलेसम्म प्रतियोगितामा १ गोल मात्र खाएको छ समूह चरणमा स्वीट्जरल्याण्डसँग। ब्राजिलको गोलपोष्ट सम्हालेका एलिसन बेलरले अहिलेसम्म धेरै महेनत गर्नुपरेको छैन।

तर रसियामा अहिलेसम्म सबैभन्दा धेरै गोल गरेको बेल्जियम विरुद्ध उनको असली परिक्षा हुनेछ। बेल्जियमले क्वाटरफाइनलसम्म पुग्दा १२ गोल गरिसकेको छ र गोल्डेन बुटको होडमा ह्यारी केन (६ गोल) पछि रहेका रोमेलु लुकाकुले ४ गोल गरिसकेका छन्।

एलिसनको पारिवारिक माहोल खेलकुदमय छ। अझ रोचक कुरा उनको परिवार सबै गोलकिपर हुन्। एलिसन फुटबलका किपर हुन् भने उनका बुबा र हजुरबुबा पनि फुटबलकै गोलकिपर थिए। आमा ह्याण्डबलका किपर थिए। यस्तै उनका दाजु मुरिएल बेकर पनि गोलकिपर हुन् र पोर्चुगिज क्लबमा खेल्छन्। एलिसनले रसियामा विश्वकप खेल्नुअघि दाजु मुरिएलका लागि यस्तो सन्देश लेखेका थिए। 'तपाईले थाहा पाउनै पर्छ रसियामा मैले गर्ने प्रत्येक सेभ तपाईको पनि हुनेछ। मेरो सफलता भनेकै तपाईँको सफलता हो। हामी एउटै कथाका पात्र हौँ।’

रसियामा भइरहेको विश्वकपको पहिलो खेलमै स्वीट्जरल्याण्ड विरुद्ध गोल खाएका एलिसनले त्यसयता ३१० मिनेट क्लिनसिन राखेका छन्। उनले सन् २००२ मा ब्राजिलले जर्मनीलाई हराउदै विश्वकप जितेपछि गोलकिपर बन्ने निर्णय गरेका थिए। ब्राजिलले जितेको त्यो नै पछिल्लो विश्वकप हो।

सन् २००९ मा नाइजेरियामा भएको यू-१७ विश्वकपमा एलिसनले वर्तमान सहकर्मी नेमार, फिलिप काउटिन्हो र कासेमिरोसँगै खेलेका थिए। उक्त विश्वकपमा ब्राजिल समूह चरणबाटै आउट भएको थियो। ९ वर्षपछि उनी रसियामा विश्वकप नै जित्ने दाउमा छन्।

उनले सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दाका गोलकिपर टाफारेललाई आफ्नो आदर्श मान्छन्।

इटालियन क्लब रोमाबाट खेल्ने एलिसनले गत सिजन ७९ प्रतिशत सट शेभ गरेका थिए र यो सिरी ए गोलकिपर मध्ये सबैभन्दा उत्कृष्ट हो।

 



ब्राजिलियन गोलकिपर एलिसन बेकरका परिवार नै गोलकिपर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट