PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माइतीघरमा गुञ्जियो : ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार?

माइतीघरमा गुञ्जियो : ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार?


काठमाडौं: सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले डा केसीको माग पुरा गर्न माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभिन्न नारा लेखिएको ब्यानरसहित एलाइन्सले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्म र्‍याली गरेको हो।

ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुण तिर्न हतार लाग्ने के हो? मार्सी चामलको भात भन्दै नारा लगाएका थिए।

त्यसैगरी  ओली र प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न भन्दै नारा लगाएका थिए। डा केसी आठौ दिनदेखि जुम्लामा अनशनरत छन्। पटकपटक सरकारले डा केसीको माग पुरा नगरी माफियामुखी विधेयक ल्याउने तयारी गरेपछि डा केसी अनशन बसेका हुन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell