PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


विश्व संस्कृत सम्मेलनमा क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई रोकियो, 'प्रम निवासमा लगेर १ घन्टा कैद'


सविन ढकाल

विश्व संस्कृत सम्मेलनमा क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई रोकियो, 'प्रम निवासमा लगेर १ घन्टा कैद'

काठमाडौं : सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गराएको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा सम्मेलन हुँदैछ।

पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।

'पहिलो पटक प्रधानमन्त्री निवासभित्र कैद बनाइयो,' पहिलोपोस्टसित कोइरालाले भने, 'एक घन्टा राखेर चिया खुवाएर फिर्ता गरे। विमानस्थलबाट सोझै बालुवाटार लगेर थुनेका थिए।'

प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कोइराला नियुक्त भएका थिए।

'विश्वविद्यालयको कानुनी प्रकृया पूरा गरेर नेपालको प्रतिनिधित्व गर्न म जाँदै थिएँ,' कोइरालाले भने, 'किन मलाई अपराधी झै विमानस्थलबाट समातेर ल्याइयो, कारण बुझेको छैन।'

बालुवाटारमा कोइरालालाई गाडी राख्ने नजिकैको कोठामा एक घन्टा राखेर फिर्ता गरिएको थियो। साथै कोइरालाको लगेज प्रहरीले उनका सहयोगलाई बुझाएका थिए।

उनले सहकुलपति (शिक्षा मन्त्री)मार्फत् कुलपति (प्रधानमन्त्री) कहाँ संस्कृत सम्मेलनमा सहभागी हुन जाने विदा स्वीकृतिका लागि पत्र पठाएको दावी गरे। 'सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन गर्ने तयारीसहित म जाँदै थिएँ,' उनले भने, 'कसैले म कांग्रेसी हुँ भनेर प्रधानमन्त्रीलाई भन्यो होला, उनले समात्न लगाए।'  

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व सहित २०२४ मा यही विश्व सम्मेलन गर्ने निर्णय भएको थियो। त्यसका लागि ३५ लाख रुपैयाँ बजेट स्वीकृत पनि गरिएको थियो। नयाँ सरकार बनेसँगै भ्रमणको बजेट घटाएर १० लाखमा सीमित गरिएको थियो।

'अर्थमन्त्री युवराज खतिवडाले १० लाख खर्च क्याविनेटमा लैजान्छु भन्नु भएको थियो,' कोइरालाले भने, 'असहिष्णु राजनीतिक उद्देश्यले यसो गरियो।'

क्यानडाका लागि विमान उड्ने समय सकिएपछि बालुवाटारबाट 'हिरासतमुक्त' भएका थिए उनी। 



विश्व संस्कृत सम्मेलनमा क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई रोकियो, 'प्रम निवासमा लगेर १ घन्टा कैद' को लागी १ प्रतिक्रिया(हरु)

Bhuban Amatya [ 2018-07-08 15:25:46 ]
Badhai xa K.P. Sarkarlai !! Panchayet kalina Samjhana ra saili dekhaunu bhayekoma.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट