
काठमाडौं: नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राडा कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गराएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ।
आजको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले १७ औ विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका उपकुलपति कोइरालालाई समातेर सरकारले निरंकुशताको चरित्र देखाएको भन्दै विरोध जनाएको छ।
सरकार निरंकुश देखिन थालेको आरोप लगाउँदै राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले उक्त घटनाबारे सरकारसँग जवाफ मागेका छन्।
पूर्व निर्धारित सँस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।
विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।