PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जापानमा बाढी, ६६ जनाको मृत्यु, ६१ वेपत्ता



जापानमा बाढी, ६६ जनाको मृत्यु, ६१ वेपत्ता
फोटो: japantoday.com

टोकियो: जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण ६६ जनाको मृत्यु भएको जापान टुडेले उल्लेख गरेको छ। 

बाढी र पहिरोका कारण ६१ व्यक्ति हराइरहेका छन्। 

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन्। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ। 

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्। 

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ। 

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ। उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell