PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुरक्षामा खतरा भन्दै टर्की सरकारले गर्‍यो १८ हजार ६३२ कर्मचारी बर्खास्त, सबैभन्दा धेरै प्रहरी अधिकारी



सुरक्षामा खतरा भन्दै टर्की सरकारले गर्‍यो १८ हजार ६३२ कर्मचारी बर्खास्त, सबैभन्दा धेरै प्रहरी अधिकारी
फोटो: diyarbakirsoz.com

अङ्कारा: टर्की सरकारले आइतवार एक निर्देशिका जारी गर्दै करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ। बर्खास्त हुनेमा सरकारी कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापक रहेका छन्। 

बर्खास्त गरिएकामा ८, ९९८ जना प्रहरी रहेका बताइएको छ। राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका आतङ्ककारी संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएकाले उनीहरूलाई बर्खास्त गरिएको हो। यस्तै ३ हजार ७७ जना सैनिक अधिकारी, १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक पनि बर्खास्त भएका छन्।
 
न्याय मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा रहेर काम गर्ने १ हजार ५२ जना सरकारी कर्मचारीलार्इ पनि बर्खास्त गरिएको छ। यस्तै १९९ जना प्राध्यापक र शिक्षकहरूलार्इ पनि बर्खास्त गरिएको छ। 

सोही क्रममा सैनिक र विभिन्न मन्त्रालयका १४८ जना कर्मचारीको भने पुर्नबहाली गरिएको छ।
  
सन् २०१६ को जुलाईमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानका विरुद्धमा सैनिक विद्रोहको असफल प्रयास भएको थियो। त्यसबेला देखी एर्डोगानले टर्कीमा सङकटकाल घोषणा गरेका थिए। हालसम्म ७ पटक सङकटकालको अवधि थपिएको छ र सो क्रममा एर्डोगानले आफ्ना विरुद्धमा उत्रेका सेना, प्रहरी, कर्मचारी तथा प्राध्यापकहरुलाई पक्राउ गर्ने, जेलहाल्ने, बर्खास्त गर्ने जस्ता कारबाही गर्दै आएका छन्। अहिलेको सङ्कटकालीन अवस्था भने यही जुलाई १९ सम्म रहेको छ। 

यस वर्षको सुरुमा मात्र ७७ हजार भन्दा बढी व्यक्तिहरुलार्इ ग्लेनसँग कथित सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको सरकारले जनाएको थियो। 
राष्ट्रपति एर्डोगानले आफ्ना विरोधीहरु विरुद्ध चालेको यो कदमको भने टर्की र अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना हुदैं आएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell