PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

उपकुलपति नियन्त्रण, अपराधमा संलग्न कि 'कमरेड मोनोपोली'को आवेग? : कांग्रेस प्रवक्ता शर्मा



उपकुलपति नियन्त्रण, अपराधमा संलग्न कि 'कमरेड मोनोपोली'को आवेग? : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं: नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राडा कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गराएकोमा नेपाली कांग्रेस विरोधमा उत्रिएको छ। 

आजको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले १७ औ विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका उपकुलपति कोइरालालाई समातेर सरकारले निरंकुशताको चरित्र देखाएको भन्दै विरोध जनाएको थियो।

सरकार निरंकुश देखिन थालेको आरोप लगाउँदै राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले उक्त घटनाबारे सरकारसँग जवाफ मागेका छन्।
 
पूर्व निर्धारित सँस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। 

विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।

यही विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारसँग जवाफ मागेका छन्। शर्माले उपकुलपति पक्राउको घटनाले नेपालको अन्तराष्ट्रिय छविमा समेत असर परेको आरोप लगाएका छन्। 

'उपकुलपति पक्राउको घटनाले सरकारको अनुदार चरित्र मात्रै प्रस्ट्याएको छैन,अन्तर्राष्ट्रिय मंचमा देशको छविलाई समेत असर गरेको छ,' शर्माको ट्वीट्मा उल्लेख छ

त्यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उपकुलपति कुनै अपराधमा संलग्न छन् कि 'कमरेड मोनोपोली' आवेग? भनी प्रश्न गरेका छन्।

'विश्व संस्कृत सम्मेलनमा नेपालको नेतृत्व गर्न उपकुलपति अयोग्य ? कुनै अपराधमा संलग्न कि `कमरेड मोनोपोलि´को आवेग?' ट्वीटमा भनिएको छ। 

विश्व संस्कृत सम्मेलनमा क्यानडा जाँदै गरेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई रोकियो, 'प्रम निवासमा लगेर १ घन्टा कैद'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell