PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उपकुलपतिको भ्रमण रद्द : गृहमन्त्रीले भने, ‘गृहमन्त्रालयलाई स्पष्ट जानकारी छैन’



उपकुलपतिको भ्रमण रद्द : गृहमन्त्रीले भने, ‘गृहमन्त्रालयलाई स्पष्ट जानकारी छैन’

काठमाडौः १७ औँ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै समातेर फिर्ता गराएको विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका छन्।

कांग्रेसका सांसदहरुले शून्य समय र प्रश्नउत्तरको समयमा उपकूलपति बारे प्रश्न उठाएका थिए।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री थापाले उपकुलपतिले अनुमति नलिई विदेश जान लागेको हुनसक्ने भएर रोकेको बताएका छन्। 

गृहमन्त्री थापाले भने,'विदेश भ्रमणका कुनै पनि कार्यक्रमका लागि सरकारको अनुमति लिएर जानुपर्ने हुन्छ। अनुमति बिना जानुहुँदैन भन्ने सरकारको नीति छ। गृह मन्त्रालयमा अझ यसबारे जानकारी आइसकेको छैन। कुलपतिको अनुमति वा सरकारको अनुमति बिना जान लागेकोले उहाँलाई रोकिएको  भन्ने अपुष्ट जानकारी आएको छ।'


पूर्व निर्धारित संस्कृत सम्मेलनमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले शनिवार विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा नियन्त्रणमा राखिएको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell