PahiloPost

Nov 15, 2018 | २९ कात्तिक २०७५


'मिस्टर भर्जिन'को टिजर सार्वजनिक


पहिलोपोस्ट

 'मिस्टर भर्जिन'को टिजर सार्वजनिक

काठमाडौं :  फिल्म 'मिस्टर भर्जिन'को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल फचर्ड छन्।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म प्रचार सामाग्री सार्वजनिक गर्न थालेको हो। फिल्म भाद्र १ गतेदेखी प्रदर्शनमा आउनेछ। फिल्ममा गौरव, विजय, कमलमणि र मरिस्कासँगै भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ।

तीन युवाको यौन मनोविज्ञानको कथामा फिल्म बनेको छ। वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ। 

खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद फिल्मका निर्माताहरु हुन्।

 



'मिस्टर भर्जिन'को टिजर सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट