PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त, नयाँ अध्यक्ष चयन तयारी


पहिलोपोस्ट

चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त, नयाँ अध्यक्ष चयन तयारी

काठमाडौं : चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी छिन्। सात महिना नबित्दै उनको पद खोसिएको हो।

शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन्। सञ्चार मन्त्रालयले उनलाई आइतवार पदमुक्त भएको पत्र थमाएको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई क्याबिनेटबाट बदरको निर्णय गरेपछि निकिता पद खोसिएको हो। उनले शनिवार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्।

अध्यक्षबाट निकितासँगै बोर्ड सदस्य विजय देउजा पनि पदमुक्त भएका छन्। यस्तै देउवा सरकारले नै नियुक्त गरेका चलचित्र सेन्सर बोर्डका दुई सदस्य/कलाकार देवीराम पराजुली र उमेश खड्का पनि पदमुक्त भएका छन्।

निकिता बोर्ड अध्यक्षबाट मुक्त हुनासाथ नयाँ अध्यक्ष चयन तयारी सुरु भएको छ। बोर्ड सदस्य नरेन्द्र महर्जन र अशोक प्यासी राईको कार्यकाल पनि यसै साता सकिँदैछ। यसरी चलचित्र विकास बोर्डमा अध्यक्षसहित ६ पद रिक्त हुँदैछ।

 

 



चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त, नयाँ अध्यक्ष चयन तयारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट