PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

काँग्रेसको चेतावनी : उपत्यकामा मेडिकल कलेज खोल्न ल्याएको विधेयकको औचित्य पुष्टि गर


काँग्रेसको चेतावनी : उपत्यकामा मेडिकल कलेज खोल्न ल्याएको विधेयकको औचित्य पुष्टि गर
काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ । 

काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यका भित्र १० वटा भन्दा बढी मेडिकल कलेज खोल्न दिने गरी ल्याएको विधेयकको औचित्य पुष्टि गरेर देखाउन पनि चेतावनी दिए। मंगलबार राष्ट्रियसभाको बैठकमा उनले क्षेत्रीय सन्तुलनको आधारमा सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कि नगर्ने स्पष्ट पार्नु पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मेडिकल कलेज खोल्न सम्बन्धन दिन पाउने व्यवस्था गर्न माग गरे।

सांसद अधिकारीले वरिष्ठ चिकित्सक गोविन्द केसीले सबै नागरिकको मेडिकल कलेजमा सहज पहुँच पुगोस् भनेर गरेको आन्दोलनलाई निस्तेज पार्न खोजको भन्दै आपत्ति पनि जनाए।


काँग्रेसको चेतावनी : उपत्यकामा मेडिकल कलेज खोल्न ल्याएको विधेयकको औचित्य पुष्टि गर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट