PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जडिबुटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षका किशोरको मृत्यु



जडिबुटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षका किशोरको मृत्यु

काठमाडौँ : भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको टिपरले आज दिउँसो एउटा मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय एक किशोरको मृत्यु भएको छ। 

बा ४ ख८७२५ नम्बरको टिपरले दिउँसो अन्दाजी साढे १ बजे जडिबुटीस्थित सडकखण्डमा भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

मृत्यु हुनेमा भक्तपुर बस्ने १८ वर्षीय रोयल सुवेदी रहेका छन्। उनी मोटरसाइकल पछाडि बसेका थिए। दुर्घटनामा गम्भिर घाइते भएका सुवेदीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।

सोही दुर्घटनाका अर्का घाइते १८ वर्षीय मोटरसाइकल चालक अमन ढुङ्गेलको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक प्रहरीको नियन्त्रणमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell