PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउन पाईदैन : डा शेखर



नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउन पाईदैन : डा शेखर

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले देश राणा र पञ्चायती युग भन्दा पनि निरंकुश बाटोमा प्रवेश गर्न लागेको बताएका छन्। काठमाडौंको सुकेधारामा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा कोईरालाले वर्तमान सरकार लोकप्रियतावादमार्फत सर्बसत्ताबादतर्फ लम्केकाले प्रजातन्त्रका लागि पुन लड्नुपर्ने दिन आउन लागेको दाबी गरे। 

'हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं। तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउॅने हो भने त्यो हामी स्विकार्न तयार छौं," बालकृष्ण दाहालद्धारा लिखित "प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना" नामक पुस्तक बिमोचनपछि कोइरालाले भने।

 डा कोईरालाले गुटबन्दीले कांग्रेस पार्टी ईतिहासकै कमजोर बनेको बताए। भने, 'मन्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक हुदैन। पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधानसम्मत हिड्छन्।' 

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोईराला, पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराईलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरे। 

शर्माको २०७३ साल असारमा निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell