PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कान्तिपुर र काठमाण्डू पोस्टका प्रधान सम्पादकले दिए राजिनामा, एडिटोरियल मिटिङमा दुवै सम्पादकको ब्रिफिङ



पहिलोपोस्ट

कान्तिपुर र काठमाण्डू पोस्टका प्रधान सम्पादकले दिए राजिनामा, एडिटोरियल मिटिङमा दुवै सम्पादकको ब्रिफिङ

काठमाडौं : नेपालको सबैभन्दा ठूलो र शक्तिशाली मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकले आफ्नो पदबाट राजिनामा दिएका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका हुन्।

तीन/चार दिन यता कान्तिपुरका संचालक कैलाश सिरोहियासँग ‘हेक्टिक मिटिङ’मा रहेका सम्पादकहरुले राजिनामा दिएर आफ्ना सहकर्मीलाई त्यसबारे ब्रिफ गरेका हुन्। नियमित सम्पादकीय मिटिङमा दुवै पत्रिकाका सम्पादहरुले आ आफ्नो टिमलाई राजिनामाबारे बताएका हुन्। उनीहरुले ‘व्यक्तिगत कारण’ भन्दै संस्थाबाट राजिनामा दिएको औपचारिक मिटिङमा बताएका हुन्।

अनौपचारिक रुपमा भारतीय लगानीकर्ता कान्तिपुर हाउसमा भित्रिएको विषय केही दिन यता चर्चामा रहेको भए पनि सम्पादकहरुले त्यसबारे औपचारिक मिटिङमा मुख खोलेनन्। उनीहरुले भोलि औपचारिक रुपमा राजिनामा घोषणा गर्ने सहकर्मीहरुलाई जानकारी दिएका हुन्। काम गर्ने परिस्थिति नभएकाले छाड्न लागेको मात्र उनीहरुले बताएका छन्।

सम्पादकद्वयले राजिनामाबारे सम्पादकीय मिटिङमा जानकारी गराएपछि दुवै समाचार कक्षमा कार्यरत पत्रकारहरु अन्योलपूर्ण अवस्थामा रहेको दुवै न्युजरुमका पत्रकारले बताएका छन्।

सुधीर शर्मा कान्तिपुरको सबैभन्दा सफल सम्पादकसमेत रहे। संस्थापक सम्पादक योगेश उपाध्यायले ७ वर्ष सम्हालेको कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व शर्माले करिब १० वर्ष लिएका हुन्।

गोयन्का पब्लिकेसन्सबाट सुरु भएको कान्तिपुर पछि कैलाश सिरोहिया र विनोदराज ज्ञवालीले आफ्नो बनाएका थिए। यी दुई लगानीकर्ता पनि लामो समय सँगै रहन सकेनन्। कान्तिपुरबाट आफ्नो हिस्सा लिँदै विनोदराज ज्ञवालीले नेपाल रिपब्लिक मिडिया सञ्चालमा ल्याए। यो फुटसँगै कान्तिपुरका सम्पादक नारायण वाग्ले र दी काठमाण्डू पोस्टका सम्पादक प्रतीक प्रधान बाहिरिएका थिए। त्यसपछि सुधीर शर्मा सम्पादकमा नियुक्त भए। त्यसअघि उनी कान्तिपुरकै नेपाल साप्ताहिकका सम्पादकका रुपमा कार्यरत थिए। 

कान्तिपुरमा युवराज घिमिरे पनि सम्पादक रहिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell