PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पोर्टस च्याम्पियन



पहिलोपोस्ट

म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पोर्टस च्याम्पियन

काठमाडौं : म्याक्सवेल एलोनको ह्याट्रिक मद्दतमा एलिट स्पोर्ट्सले मंगलवार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा सम्पन्न फाइनलमा  एलिटलाई च्याम्पियन बनाउन म्याक्सवेलले ह्याट्रिक गर्दा अर्को गोल आत्मघाती उपहार पाएको थियो।

म्याक्सवेलले छैटौं मिनेटमां एलिटलाई अग्रता दिएका थिए। १२औं मिनेटमा दोस्रो गोल गरेका म्याक्सवेलले २५औं मिनेटमा ह्याट्रिक पूरा गरे। नारायणटारका अजय तमाङले ३८औं मिनेटमा आत्मघाती उपहार गोल दिए। नारायणटारका समुन तामाङले ४२औं मिनेटमा सान्त्वना गोल फर्काए।

यसअघि एलिटले सेमिफाइनमो लसुनटार युथ क्लबलाई ४–० ले तथा नारायणटार स्पोर्टसले एजे इन्टरप्राइजेजलाई ४–१ ले पराजित गर्दै फाइलन भिडन्त पक्का गरेका थिए।

नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको विजेता एलिटले २ लाख नगद पुरस्कार हात पार्‍यो। उपविजेता नारायणटार स्पोर्ट्सले नगद १ लाख पायो।

नेपाल खेलकुद महासंघ बुढानीलकण्ठ नगर कमिटीको आयोजना भएको प्रतियोगितामा उर्गेन शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा ७ गोल गरेका एलिटकै म्याक्सवेल सर्वाधिक गोलकर्ता बने।

यस्तै एलिटका रोमन रसाइली उत्कृष्ट गोलकिपर तथा एलिटकै फ्लोरेन्ट कियारा उत्कृष्ट डिफेण्डर घोषित भए। सर्वोत्कृष्ट खेलाडी उर्गेनले नगद १५ हजार रुपैयाँ पुरस्कार पा भने विधागतमा उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रहात पारे।

असार १६ गतेदेखी शुरू भएको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell