PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


अन्तत: रोनाल्डो युभेन्ट्स लागे : ४ वर्षको लागि सम्झौता


पहिलोपोस्ट

अन्तत: रोनाल्डो युभेन्ट्स लागे : ४ वर्षको लागि सम्झौता

रियल मड्रिडका पोर्चुगिज फरवार्ड इटालिनय क्लब युभेन्ट्समा अनुबन्ध भएका छन्। स्पानिस जायन्ट रियल मड्रिडमा झण्डै एक दशक बिताउने क्रममा चार च्याम्पियन्स लिग सहित विभिन्न उपाधि जितेका रोनाल्डो ४ वर्षका लागि टुरिन क्लबलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ।

दुई क्लबबीच रोनाल्डोको ट्रान्सफरका लागि ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड)मा सम्झौता भएको हो। ३३ वर्षीय रोनाल्डोले रियलमा ९ वर्ष बिताउँदा च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि समेत जिते।

रियलका लागि क्लब कीर्तिमानी ४५१ गोल गरेका रोनाल्डोले त्यहाँ रहँदा चार पटक बालोन डे'ओर अवार्ड समेत जिते।
 

'मेरो जीवनमा नयाँ अध्यायको सुरुवात गर्ने समय आएको छ, त्यसैले मैले क्लबलाई मेरो ट्रान्सफर स्वीकार गरेको भनेको हुँ।' रोनाल्डोले भनेका छन्।

उक्त सम्झौतापछि रोनाल्डो विश्वको चौथो महँगा खेलाडी बनेका छन्। सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट बर्नाबेउ क्लब पुग्दा रोनाल्डो विश्वकै महँगा खेलाडी बनेका थिए।

अहिले विश्वकै महँगा खेलाडीको शीर्ष स्थानमा नेमार छन्। उनी गत सिजन कीर्तिमानी २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए। यस्तै पिएसजीले युवा फ्रेन्च स्टार किलिएन एम्बाप्पेलाई १६६ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ। त्यसअघि उनले एक वर्ष लोन अबधी पिएजीमा पुरा गरिसकेका छन्।

यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलयन पाउण्डमा लिभरपुलबाट अनुबन्ध गरेको थियो।

रोनाल्डो युभेन्ट्स लागेसँगै अब रियलले कसलाई क्लब भित्र्याउँछ भन्ने चर्चा सुरु भएको छ।

रोनाल्डोले मड्रिड सिटी र रियल मड्रिडमा रहदाँको समयमलाई आफ्नो जीवनकै सबैभन्दा खुशी क्षण रहेको बताएका छन्। उनले रियल छाड्दै गर्दा फ्यानलाई सम्बोधन गर्दै लेखेका छन्, ‘रियलमा ९ वर्ष एकदमै अद्धुत रह्यो मेरो लागि त्यो एकदमै उत्साहित समय थियो।’



अन्तत: रोनाल्डो युभेन्ट्स लागे : ४ वर्षको लागि सम्झौता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट