PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्रान्सको रक्षा घेरा तोड्न नसक्दा बेल्जियमको विजय यात्रामा 'ब्रेक'



फ्रान्सको रक्षा घेरा तोड्न नसक्दा बेल्जियमको विजय यात्रामा 'ब्रेक'

फ्रान्सको रक्षात्मक घेरा तोड्न नसक्दा बेल्जियम पहिलो पटक विश्वकपको फाइनलमा पुग्नबाट त वञ्चित भयो नै, लगातार २४ खेलको अपराजित यात्रामा पनि ब्रेक लाग्यो। 

खेलको ६० प्रतिशत समय आफ्नो नियन्त्रणमा बल राखेको बेल्जियमले मध्यान्तरसम्म राम्रा प्रयास गर्दै दबाब कायम राखेको थियो। यसमा २१ औँ मिनेट फ्रान्सका गोलकिपर लोरिसको शानदार सेभ पनि रहेको छ। 


मध्यान्तरसम्म बिना गोल बराबरी खेल सकिएपछि फ्रान्स आक्रामक देखिएको थियो। मध्यान्तरको  छैटौँ मिनेटमै फ्रान्सले कर्नर पायो। ग्रिजम्यानले गरेको प्रहारबाट बल घुम्दै पोस्ट नजिक पुग्यो जसलाई डिफेन्डर उम्टिटीले हेड गरी जालीभित्र छिराए। 
 

यही एक गोल नै अन्ततः फ्रान्सलाई फाइनलमा पुर्‍याउन पर्याप्त भयो। बेल्जियमको आक्रमणलाई फ्रान्सको रक्षात्मक घेराले असफल बनाई रह्यो। फ्रान्सका गोलकिपर पनि निकै व्यस्त भए। 

त्यसो त बेल्जियन गोलकिपर कोर्टियसले पनि खेलमा शानदार बचाउहरु नगरेका भए फ्रान्सले अझै गोल थप्न सक्थ्यो। 

बेल्जियमले अब तेस्रो स्थानका लागि शनिबार खेल्नेछ भने फ्रान्सले आइतबार विश्वकप उपाधिका लागि खेल्नेछ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell