PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्विटरको हेल्लो सरकारको प्रतिफल : नेपाल विश्वमै तेस्रो



पहिलोपोस्ट

ट्विटरको हेल्लो सरकारको प्रतिफल : नेपाल विश्वमै तेस्रो

काठमाडौं :  नेपाल सरकार मस्ट कन्भरसेसनल वर्ल्ड लिडर्स २०१८ को तेस्रो स्थानमा आएको छ। सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काएको आधारमा नेपाल सरकार ट्वीटर एकाउन्ट @Hello_Sarkar ( हेल्लो सरकार) विश्वमै तेस्रो स्थानमा आएको हो। 
ट्वीप्लोमेसी २०१८ अन्तर्गत जवाफ फर्काएको प्रतिशतका आधारमा नेपाल तेस्रो स्थानमा आएको हो। 

ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गरिएका ट्वीट मध्ये हेल्लो सरकारले ९० प्रतिशतलाई जवाफ दिएको उल्लेख छ। 
नेपाल भन्दा अगाडि नेदरल्याण्ड सरकारको @Rijksoverheid हेण्डल पहिलो स्थानमा छ। उसले प्रयोगकर्ताले मेन्सन गरेका ९७ प्रतिशत ट्वीटको जवाफ दिएको छ। 

त्यस्तै दोस्रो स्थानमा रहेको युके सरकारको @GOVUK ९५ प्रतिशत ट्वीटको जवाफ फर्काएको छ। तेस्रो स्थानमा नेपालसँग चौथो स्थानमा रुवान्डाका राष्ट्रपति @PaulKagame को एकाउन्टबाट ८५ प्रतिशत रिप्लाइ दिइएको उल्लेख छ। 

न्युजील्याण्डकी प्रधानमन्त्री  @JacindaArdern पाँचौँ स्थानमा रहेको छ। यस हेन्डलबाट ६६ प्रतिशत ट्वीटमा रिप्लाइ गएको उल्लेख छ। 
त्यस्तै सर्वियाकी प्रधानमन्त्री @AnaBrnabic ६४ प्रतिशतका साथ छैठौँ, नेर्वेकी प्रधानमन्त्री @Erna_Solberg ६३ प्रतिशत रिप्लाइका साथ सातौँ स्थानमा रहेको उल्लेख छ। 

ग्वाटेमालाका राष्ट्रपति को ट्वीटर हेण्डल @JimmyMoralesgt बाट ४६ प्रतिशत रिप्लाइ गएको उल्लेख छ। उनी आठौँ स्थानमा रहेका छन्। त्यस्तै रुवान्डाकी परराष्ट्र मन्त्रीको ट्वीटर हेन्डल @LMushikiwabo ४३ प्रतिशत रिप्लाइसहित नौँ र पोल्याण्डका राष्ट्रपतिको ट्वीटर हेन्डल @AndrzejDuda ४० प्रतिशत जवाफसहित १० औँ स्थानमा रहेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell