PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

राखेपद्वारा आठ खेलकुद संघ खारेज


पहिलोपोस्ट

राखेपद्वारा आठ खेलकुद संघ खारेज

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ।

खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परिक्षण नविकरण, निर्वाचन आदि कार्यहरु नगरी राखेपबाट गत जेठ ४ गते राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाईएकोले खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको हो।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन्।

राखेपमा अहिले झण्डै १९० भन्दा बढी संघ आबद्ध छन्।



राखेपद्वारा आठ खेलकुद संघ खारेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट