PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केनको बचाउ गर्दै इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले भने, कप्तानका रुपमा यो तीन हप्तामा उनीसँग अरु माग्न म सक्दिनँ थिएँ



पहिलोपोस्ट

केनको बचाउ गर्दै इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले भने, कप्तानका रुपमा यो तीन हप्तामा उनीसँग अरु माग्न म सक्दिनँ थिएँ

इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा थ्री लायन्सलार्इ २(१ ले पराजित गर्दै क्रोएसियाले इंग्ल्याण्डको दोस्रोपटक उपाधि जित्ने सपनामाथि ब्रेक लगाएको हो।

खेलमा इंग्ल्याण्डका क्याप्टेन ह्यारी केनमाथि धेरैले राम्रो प्रदर्शनको आशा राखेका थिए। तर इंग्ल्याण्ड उपाधि दौडबाट बाहिरिएसँगै ह्यारी केनले क्रोएसियासँगको खेलमा अपेक्षा गरिए अनुसार नखेलेको भन्दै आलोचना भएको छ।

इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने सबै आलोचनाहरूको खण्डन गर्दै रसिया विश्वकपमा केनसँग योभन्दा बढी माग्न नसक्ने बताएका छन्। गोल्डेन बुटका प्रमुख दाबेदार रहेका केनले क्वार्टरफाइनल खेलहरूसम्म गरेको प्रदर्शनको निकै प्रशंसा भएको थियो। तर क्रोएसियासँगको खेलमा उनले गोल गर्ने धेरै मौकाहरूको सदुपयोग गर्न सकेका थिएनन्। 

ग्यारेथ साउथगेटलार्इ खेलअघि केन फिट नरहेको जानकारी थियो तर उनलार्इ आफ्नो क्याप्टेनमाथि पूर्ण विश्वास थियो।

साउथगेट भन्छन् 'मलार्इ लाग्छ उनले टोलीका लागि सबै दिएका छन्। खेलको दोस्रो हाफ पछिका कतिपय समय हामीले बललार्इ नियन्त्रणमा राख्न सकेनौँ। हामीले सोचे अनुसार हामीले खेल्न सकेनौँ। यो समय अब एक टोलीका रूपमा बलियो हुने हो।'

उनले आफ्नो खेलको मूल्याङकन गर्दै अर्को खेलका लागि प्रदर्शन सुधार्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए। 'केनले प्रतियोगिताभर टोलीको कप्तानी एकदमै राम्ररी गरे र कप्तानका रूपमा यो तीन हप्तामा उनीसँग अरू माग्न म सक्दिनँ थिएँ।'

साउथगेटले जाल्टको ड्यालिकको प्रशिक्षणमा रहेको क्रोएसियाका 'सशक्त योद्धा' हरूले मैदानमा राम्रो प्रदर्शन गरेको बताए। 'क्रोएसियासँग मानसिक रूपमा बलियो निर्णय लिन सक्ने र खेललार्इ बुझ्ने सशक्त योद्धाहरू छन्। तीनपटक खेललार्इ एक्स्ट्रा टाइममा पुर्‍याउन सक्ने क्षमताले नै उनीहरूबारे धेरै बोल्छ।'

इंग्ल्याण्डले शनिबार तेस्रो स्थानका लागि बेल्जियमको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell