PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

वर्षाका कारण कुन-कुन बाटो बन्द, कुन-कुन खुला?


वर्षाका कारण कुन-कुन बाटो बन्द, कुन-कुन खुला?

काठमाडौँ : हिजो दिउँसोदेखि रातभर परेको अविरल वर्षाका कारण राजधानी वरपरका कुन कुन बाटो बन्द र कुन कुन खुला छन्? महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी

  • वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर २ र ३ मा गएराति खसेको पहिरोका कारण फर्पिङबाट सिस्नेरी हुँदै हेटौडा जाने आउने सवारी साधनको आवागमन भने प्रभावित भएको छ । फाखेलको बाटो भने केही समय अगाडि खुलेको छ।
  • काभ्रेको काभ्रे भञ्ज्याङ,कालढुंगा र माम्टीमा पनि लेदो माटोसहितको पहिरो झरेका कारण आज बिहानैबाट अवरुद्ध भएको वि.पी.राजमार्गमा एकतर्फी सवारी सुचारु भएको छ।
  • काभ्रेकै जिरो किलोमा सडकको ग्याबिन भत्किएर पहिरो खस्दा काभ्रेबाट सिन्धुपाल्चोक जाने आउने सवारी आज विहान पौंने ९ बजे देखि बन्द भएका छन् । 
  • काभ्रेपलान्चोकको बनेपास्थित पुन्यमाता खोला आएको बाढीले पुर्ण रुपमा रोकिएका सवारी साधन भने १ लेनमा आलोपालो चल्न सुरु गरेका छन्। पानीको बहाव कम भएसँगै सवारी साधनलाई १ लेनमा आलोपालो चलाइएको हो । मंगलटारको पहिरो पन्छ्याएसँगै उक्त स्थानमा पनि सवारी साधनलाई १ लेनमा आलोपालो चलाइएको छ। 
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले अहिलेसम्म मुख्य सडकहरु खुला भइसकेको जानकारी दिए। 



वर्षाका कारण कुन-कुन बाटो बन्द, कुन-कुन खुला? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट