PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

संसदमा बाढीपहिरोमाथि बहस : विपद न्यूनीकरण नियमावली अगाडि बढाउन माग


संसदमा बाढीपहिरोमाथि बहस  : विपद न्यूनीकरण नियमावली अगाडि बढाउन माग

काठमाडौं: अविरल वर्षका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोमा परेकाहरुको उद्धार तथा उनीहरुलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले बाढीपहिरोबाट देशैभरी क्षति भएको भन्दै राहत र उद्धार कार्यमा लाग्न सरकारसँग माग गरिएको छ।

सांसद गणेशकुमार पहाडीले विपद व्यवस्थापनका लागि सरकारले तत्कालै पहल गर्नु पर्ने र विपद व्यवस्थापन नियमावली ल्याउन माग गरे।

सांसद गंगा चौधरी सत्गौंवाले विपद जोखिम न्यूनकरण नियमावली अगाडि बढाउनु पर्ने बताउँदै राहत समाग्रीको पूर्व भण्डारण गर्नु पर्ने बताइन्।

कल्याणी कुमारी खण्डले रौतहट जिल्लाका बाढी पीडितहरुले अहिलेसम्म राहत नपाएको बताउँदै अहिले पनि थप बाढी पीडित भएको जानकारी गराइन्। नदी  कटान नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरिन्। 

कृष्णकुमार श्रेष्ठले अविरल वर्षाका कारण देशभरी बाढी पहिरोबाट जनताहरु पीडित भएकोले अनुभुति पाउने गरी सरकारलाई तयारी थाल्न आग्रह गरे। ‘काठमाडौंको बाटाहरुको हालत खतम छ। बाटो बनाउनु पर्यो। सम्बन्धित पक्षको ध्यान जाओस्,’ श्रेष्ठले भने।

कृष्णभक्त पोखरेलले मुग्लिङ नारायणगढ राजमार्ग भत्किएको जानकारी गराउँदै नारायणी नदीको पुलको ४० वर्ष भएकोले बैकल्पिक पुल बनाउनु पर्ने बताए। 



संसदमा बाढीपहिरोमाथि बहस : विपद न्यूनीकरण नियमावली अगाडि बढाउन माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट