PahiloPost

Nov 15, 2018 | २९ कात्तिक २०७५


पुसभित्र जनकपुर–जयनगरमा रेल चल्ने, एक वर्षका लागि भारतीय रेल लिजमा ल्याइने


 पुसभित्र जनकपुर–जयनगरमा रेल चल्ने, एक वर्षका लागि भारतीय रेल लिजमा ल्याइने

काठमाडौँ : अन्तरदेशीय रेलमार्ग विस्तारका विषयमा छलफल गर्न भन्दै भारतका अधिकारीहरुले नेपालमा छलफल गरेका छन्। आइतबार नेपाल आएको टोलीले नेपाल बसाईका क्रममा नेपालको रेल विभाग तथा पूर्वाधार मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको थियो। 

जनकपुर जयनगर रेल आगामी पुसभित्रै सञ्चालन गर्ने गरी तयारी समेत सुरु भएको छ। दुई देशका अधिकारीहरुबीच ३५ किलोमिटर लामो रेलमार्ग निर्माण सम्पन्न भई सञ्चालन गर्ने विषयमा दुई दिन काठमाडौँमा छलफल भएको हो। 

जनकपुर–जयनगर ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा निर्माण सम्पन्न हुने बताइएको छ। उक्त रेलमार्गको प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने गरी छलफल भएको रेल विभागका सिरियर डिभिजनल ईञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए। 

यसैबीच सो रेलमार्गमा भारतीय रेल कम्पनीको रेल एक वर्ष लिजमा लिई सञ्चालन गर्ने विषयमा समेत दुई देशका अधिकारीहरुबीच छलफल भएको छ। ‘नेपालको आफ्नै रेल छैन। विभागसँग रेल खरिदका लागि रु ५० करोड बजेट भए पनि प्रक्रिया पुर्‍याएर खरिद गर्दा एक वर्ष समय लाग्छ,’ उपाध्यायले भने, ‘त्यतिन्जेल सम्मका लागि लिजमा लिएर ३५ किमीमा रेल चलाउने विषयमा छलफल भएको छ।’ 

यसैबीच रेल सञ्चालनका गर्न नेपाली प्राविधिकहरुलाई भारतले तालिम दिने विषयमा छलफल भएको उनले जानकारी दिए। नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपाली प्राविधिकहरुलाई तालिम दिने विषयमा समेत छलफल भएको उनले जानकारी दिए। 

यसैबीच छलफलका क्रममा भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।
 
विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको उपाध्यायले बताए। छलफलमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव केशबकुमार शर्माको नेतृत्वमा रेलविभागका अधिकारीहरु र भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव नामग्या खाप्का नेतृत्वमा त्यहाँको रेल विभागका अधिकारीहरु सहभागी थिए।
 



पुसभित्र जनकपुर–जयनगरमा रेल चल्ने, एक वर्षका लागि भारतीय रेल लिजमा ल्याइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट