PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, औषधिसमेत लिन मानेनन्



पहिलोपोस्ट

जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, औषधिसमेत लिन मानेनन्

काठमाडौं : जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उनलाई स्पेशल केयर युनिटमा राखी निगरानी गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरूले बताएका छन्। डा. केसीको रगतमा अक्सिजन, म्याग्नेसियमको मात्रा कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको उनको उपचारमा संलग्न चिकित्सक प्रवीणकुमार गिरीले जानकारी दिए।  

त्यस्तै डा केसीले अन्य औषधि लिन नमानेकाले उपचारमा कठिनाइ भएको उनको भनाइ छ। 'चिनीको मात्रा घट्दै गएको र मुटुको चालमा तलमाथि भएकाले खतरा बढेको छ,' उनले भने। 

अनसनरत केसीको उपचारमा चिकित्सकहरू प्रवीणकुमार गिरी, धीरज गुरुङ र सिद्धार्थ खाती संलग्न छन्। 'उहाँको शरीर कमजोर भइसकेको छ। रोगप्रतिरोधात्मक क्षमता पनि कम, त्यसैले बेलैमा ध्यान नपुर्यावए जेपनि हुन सक्छ,' चिकित्सक गिरीले भने। 

उनका अनुसार केसीको शरीरमा कमजोरीपनले गर्दा शिथिलता देखिएको छ भने मासु बउँडिने, जिउ दुख्ने समस्या बढिरहेको छ। यसका साथै रक्तचाप क्रमशः: घट्दो क्रममा छ भने पिसाबमा क्रियोटिनाइन पनि बढी रहेको छ। उनको शरीरमा ग्लुकोजको आवश्यकता भए पनि केसीले उपचारका क्रममा ग्लुकोजसमेत लिन मानेका छैनन्। चिकित्सकहहरुको अनुसार डा केसीलाई जुनसुकै बेला आइसियू आवश्यक पर्न सक्छ। उनी अनशन बसेको आज १३ औँ दिन हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। 

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउन गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो। उनीहरूले डा केसीको जीवन रक्षाको माग गर्दै प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए। अहिले देशभरका चिकित्सकहरूले हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell